Logo

रुसी परराष्ट्रमन्त्रीको भारत यात्राको भूराजनीतिक महत्व



विपिन देवः भर्खरै अप्रिल ५ र ६ मा रुसी परराष्ट्रमन्त्री ल्याभरोभको भारत भ्रमण भएको छ । ल्याभरोभको भ्रमणलाई विश्वका महत्वपूर्ण छापाखानाहरूले आप्mनो सम्पादकीयमा ठाउ‘ दिनुका धेरै कूटनीतक आयामहरू छन् । विगतका दिनमा भारतको कर्वाड (अमेरिका, जपान, अष्ट्रेलिया लगायत भारत)मा आवद्धता र सक्रियता, इन्डोप्यासिफीक नीतिमा नेतृत्व दायी भूमिका र अमेरिकासंगको विषेश सामरिक सम्वन्धले गर्दा भारत रसियाको सम्वन्धको सुमधुरतामा कमि आएको जानकारहरूको दावी रहेको छ । कर्वाड र इन्डोप्यासिफीक नीतिमा भारतको सक्रियताको वारेमा रसियाका परराष्ट्रमन्त्रीले अधिकारीक टिप्पणी पनि गरेको देखिन्छ । ल्यावरोभले भारत पश्चिमा खेमामा अपहरित भएको कुरा एक अन्र्तवार्तामा वताएका छन् । अर्को तर्फ भारत र चीनको वोर्डर समस्या र तनावको अवस्थामा रसियाको तटस्थतालाई पनि जानकारहरू गम्भीरताचपूर्वक लिएका छन् । विगतका इतिहास हेर्दा भारतको पक्षमा खास गरेर काश्मिरको मुद्दामा सबभन्दा बढि “भिटो” पावर प्रयोग गर्ने सोभियत रुस नै थिए । सत्तरीको दशकमा भारत र पाकिस्तानको युद्ध र वंगलादेशको जन्ममा सोभियत रुसको पूर्ण सर्मथन थियो । वदलिदो परिवेशमा भारत र रुसको सम्वन्ध के कस्तो छ भने कुरा ल्याभरोभको यात्राले आलोकित गर्दछ ।

भारत र रुसको सम्वन्ध कालजयमी रहेको वा कुनै पनि वैश्विक आरोह र अवरोहवाट प्रभावित नरहेको कुरा भारतका परराष्ट्र मन्त्री डा. एस जय शंकरले दावी गरेका छन् । दुई वटै मुलुकहरू न्यूकिलियर र सुरक्षा क्षेत्रमा संयुक्त सहयोगमा अगाडि बढेको, रुसले भारतको उर्जा क्षेत्रमा लगानी र अभिरुची राखेको, भारतको गगनयान रसियाको प्रविधिमा यथेष्ट सहयोग रहेको जस्ता परिघटनाहरूले गर्दा रुस र भारतको सम्वन्ध साकारात्मक गोरेटोमा गएको देखिन्छ । साथ साथै कोरोनाको कहरमा पनि भारतका रक्षामन्त्री र परराष्ट्रमन्त्री मास्को जानु र रसियाका परराष्ट्रमन्त्री भारत आउ‘नुले नै दुई देशको कूटनीतिक सम्वन्धको संवेदनाशिलतालाई उजागर गर्दछ । ल्याभरोभले रसियन भ्याक्सिनको उत्पादन भारतमा होस भन्ने प्रस्ताव आप्mनो समकक्षियका साथ राखेका छन् । विश्वका सबभन्दा अघिक भ्याक्सिन उत्पादक क्षमता वोकेका भारतले पनि भारतवाट उत्पादित भ्याक्सिन रसियाका संयन्त्रवाट विश्व वजारमा पु¥याउ‘न इच्छा जाहेर गरेका छन् । भारत र रुस संसारका महत्वपूर्ण मञ्चमासंगै उभिएका छन् । अर्थात् विश्व सुरक्षा परिषदमा रुस स्थायी सदस्यका रुपमा छन् भने भारतको उपस्थिति पनि अस्थायी सदस्यका रुपमा रहेको छ । जी टेउन्टी, आसियान, एस.सी.ओ, सिका र व्रिक्समा भारत र रुससंगै काम गरिरहेको छ । भर्खरै मात्र पुटिनले अध्यक्षता गरिरहेको व्रिक्सको अध्यक्षता भारतले गर्ने सौभाग्य प्राप्त गरेको छ ।

भारत र रुसका विच विषेश सामरिक सन्धी भएको छ । अर्थात् भारतलाई अस्त्र र शास्त्रमा रुसले सहयोग गर्दै आएको छ । तर वर्तमान परिवेशमा सेन्ट्रल एसियामा चीनको लगानी र दवदवा वढिरहेको कुरा प्रति रुस पनि सचेत रहेको देखिन्छ । ताकिस्तान, क्रिगिस्तान लगायत सेन्ट्रल एसियाका मुलुकहरू रुस र भारतसंगै लगानी र व्यापार गरेको खण्डमा चीनको वर्चस्व र दवदवा कमजोर हुने रसियाको रणनीति रहेको छ । रुस भारतको बजारलाई कुनै हालतमा पनि गुमाउन चाहेको छैन । सम्वादाता सम्मेलनमा ल्याभरोभले प्रष्ट संकेत गरेका छन् कि रुस र भारतको विच व्यापरिक सम्वन्ध धनिधुत बनाउ‘न रसियाको नीति रहेको छ । अर्थात् भारतको अमेरिका र पश्चिमा शक्तिहरूसंग बढ्दो निकटताले गर्दा भारत र रुसको व्यापारमा नकारात्मक असर देखिएको छ ।

भारत र रुसका विच केहि वैश्विक मुद्दाहरूमा विमत्ति पनि रहेको देखिन्छ । ल्याभोरम र डा. जय शंकरको वार्ताले ती विमत्तिलाई चिर्न अभिप्रेरित रहेको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने अफगानीस्तानको समस्यालाई समाधान गर्न मास्को फ्रेममा भारतलाई निमन्त्रमा गरिएको थिएन । मास्को फ्रेममा चीन, पाकिस्तान, इरान र मध्य एसियाका देशहरू सहभागी थिए जब कि अमेरिकाले अफगानीस्तानको समस्यालाई समाधान गर्न भारतको भूमिका अहम रहेको कुरा सार्वजनिक रुपमा नै धोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्रीले अफगानीस्तानको समस्या समाधानका लागि अफगानी सरकारलाई भारतको सहयोग र सहानभुति जित्न पनि आग्रह गरेका छन् ।

अफगानीस्तानमा रुस र अमेरिकाको शुरुदेखि नै टक्कर रहेको देखिन्छ । अफगानिस्तानको वारेमा भारतका अधिकारीक अडान प्रष्ट रहेको देखिन्छ । भर्खरै तुसाम्वेमा भएको हार्ट अफ एसिया सम्मेलनमा डा. जयशंकरले भारतको अधिकारीक अबधारणा सार्वजनिक गरेका छन् । अफगानीस्तानका विकास र निर्माण काममा भारतको प्रचूर लगानी रहेको देखिन्छ । विगत दुई दशकमा भारतले अफगानीस्तानमा ३ विलियन अमेरिकी डलर खर्च गरेका छन् । भारतका दर्जनौ योजनाहरू खास गरेर लोककल्याणकारी कार्यमा परिचालित भएका छन् । अफगानीस्तानको संसद भवनको निर्माणदेखि प्रमुख सडकहरूका निर्माण भारतले गरेका छन् । भारतले अमेरिका र रुसका नीतिभन्दा फरक नीति अफगानीस्तानका वारेमा राखेका छन् ।

अमेरिकाले सन् २०२० फ्रेबुवरीमा तालिवानसंग सम्झौता गरेका छन् । अर्थात् अमेरिकाले तालिवानको अस्तित्वलाई स्वीकार गरेका छन् । तर भारतले तालिवानलाई आतंकवादीको रुपमा घोषणा गरेका छन् र तालिवान पाकिस्तानबाट परिचालित रहेको कुरा भारतको ठहर रहेको छ । अमेरिकी सम्झौता प्रति चिन्ता प्रकट गर्दै डा. जय शंकरले प्रष्ट भनेका छन् कि अमेरिका र तालिवानको सन्धिले अफगानीस्तानको हत्या र हिंसाको श्रृखलालाई कम भएको छैन । सन् २०२०मा सन् २०१९ भन्दा ४० प्रतिशतले अफगानीस्तानमा हिंसा बढेको तथ्याङ्क डा. जय शंकरको रहेको छ । रुसले पनि तालिवानलाई शान्ति प्रक्रियाको एक हिस्सा भनेका छन् जुन कि भारतलाई स्वीकार्य छैन । ल्यावरोभको भारत यात्राले रुसको अफगानीस्तान प्रतिको सोचमा परिर्वतन हुन सक्ने सम्भावना देखिन्छ । अफगानी जनताहरूमा भारत प्रति वडो आदरभाव रहेको देखिन्छ ।

ल्यावरोभ र डा. जय शंकर विच “इण्डोप्यासिफक” मुद्दामा वडो रोचक वहस भएको पाइन्छ । सन् २०१८ मा सिंगापुरको सांग्रीला डाइलोग र सन् २०१९ को मनिला सम्मेलनमा भारतले आप्mनो इण्डोप्यासिफीक नीति सार्वजनीक गरेता पनि रुसलाई पाच्य नभएको कुरा भारतका पूर्व राजदुत अशोक सज्जनहारको रहेको देखिन्छ । तर रुसले आसियान र मध्य एसियामा भारतसंग सहकार्य नगरेको खण्डमा आप्mनो बजार र प्रभाव समेत गुम्ने रुसको बुझाई रहेको देखिन्छ । ल्यावरोभको यात्रा आउने दिनमा पुटिनको यात्राको लागि गृहकार्य गर्नेको प्रायोजित रहेको पनि देखिन्छ । रुस र चीनको बढ्दो निकटता, रुस र पाकिस्तानका वीच सुरक्षा सामग्रीको सम्वन्ध भारतको अमेरिका र पश्चिमा शक्तिसंगको बढ्दो घनिष्टताले गर्दा रुस र भारतका पारम्परिक सम्बन्ध ओझेलमा नपरोस भन्ने रणनीतिका साथ पुटिनको यात्रा केहि दिनमा नै भारतमा हुन गइरहेको छ । विदेश मामिलाका जानकार डा. हर्ष पन्थले भारत र रुसका विच आउने दिन समझदारी र सहकार्य वढ्न सक्ने संकेत गरेका छन् । समग्रमा ल्यावरोभको भारत यात्राले भारत र रुसका मैत्रीलाई सुमधुरतातर्फ उन्मुख गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्