Logo

एक सातामा एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ६१० रुपैयाँले बढ्यो



काठमाडौं, चैत २८ । मर्जरपछि कारोबारमा आएको एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सात ओटा कारोबार दिनमा ६१० रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य चैत १८ गते प्रतिकित्ता ७९५ रहेकोमा चैत २५ गते १ हजार ४०५ पुगेको हो ।

मर्जरपछि कारोबारमा आएको दिनदेखि नै कम्पनीको शेयरमूल्य ९ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । बिहीवार पनि कम्पनीको शेयरमूल्य सबैभन्दा बढी दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो ।

पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताको आर्कषण लघुवित्त कम्पनीहरुमा परेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थाल र एनआईसी एशिया लघुवित्त एक आपसमा मर्जर भएपछि एनआईसी एशिया लघुवित्तको नामबाट चैत १८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।

एक आपसमा मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले ७६५ दशमलव १२ तोेकेको थियो ।



प्रतिक्रिया दिनुहोस्