Logo

नेपाल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित



काठमाडौं, चैत २७ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न सभाले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांशसमेत गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गरेको छ ।

साथै आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्