Logo

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो: मुख्यमन्त्री गुरुङ



लमजुङ, चैत २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए ।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए । मुख्यमन्त्री गुरुङले भने “समृद्धिका लागि जग बसालेका छौँ। थप नतिजा छिट्टै देखिन्छ ।” उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले भने, “रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पु¥याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ, उनले बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्