Logo

महन्थ र राजेन्द्रजीले पनि केपी ओलीकै नेतृत्वमा सरकारले निरन्तरता पाउनुपर्छ भन्नुभएको छैन् : श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजेन्द्र श्रेष्ठले कांग्रेस, माओवादी केन्द्र र जसपाको छलफल सकारात्मक बनेको विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुनु । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठकले हिउँको ढिक्का फोड्ने काम गरेको भन्दै यसले निरन्तरता पाउने पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले पनि केपी ओलीकै सरकारले निरन्तरता पाउनुपर्छ भनेर नभनेको पनि जिकिर गरे । उनले भने,‘महन्थ र राजेन्द्रजीले पनि केपी ओलीकै नेतृत्वमा सरकारले निरन्तरता पाउनुपर्छ भन्नुभएको छैन् । उहाँहरुले वर्तमान स्थितिमा, अहिले सत्तामा को छ भन्दा केपी ओली छन्, यस्तो स्थितिमा हाम्रो माग र मुद्दाहरुमध्ये लामो समयदेखि राजबन्दीको रुपमा राखिएका माननीय रेशम चौधरीलगायतका सबै राजबन्दीहरुको रिहाई, र झुठा मुद्दाहरुको खारेजीको सन्दर्भमा वार्ता भैरहेको हो । त्यो भन्दा थप संविधान संशोधन लगायतका कुनैपनि मुद्दामा त्यहाँ बहस भैरहेको पनि होईन । त्यो सत्ता समिकरणसँग सम्बन्धित नै होईन भनेर स्वयम महन्थ ठाकुरजीले पटक पटक भन्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्