Logo

प्राइम टाइम्स टेलिभिजनको प्रदेश २ को प्रादेशिक कार्यालय उद्घाटन (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । प्राइम टाइम्स टेलिभिजनको प्रदेश २ को प्रादेशिक कार्यालय वीरगञ्जमा स्थापना भएको छ । आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा प्रदेश २ को प्रादेशिक कार्यालय उद्घाटन गरेका हुन् ।

राउतले प्राइम टाइम्स टेलिभिजनले पहिलो प्रादेशिक कार्यालय वीरगञ्जलाई नै रोजेकोमा धन्यवाद ज्ञापन गरे । उनले प्राइम टाइम्स टेलिभिजनले दुरदराजका जनतासम्म पुग्ने र उनीहरुको मन जित्ने सामथ्र्य प्राप्त गर्ने आशा व्यक्त गरे ।

ऋषि धमलाको अध्यक्षतामा अगाडि बढिरहेको प्राइम टाइम्स टेलिभिजन अझ सशक्त हुने उल्लेख गर्दै नेपाली बहसको समेत स्मरण गरे । हरेक विहान धमलाको बेजोड प्रस्तुतीबाट सर्वसाधारणले पनि बहसमार्फत् सूचना र यथार्थ जानकारी दुवै पाउने गरेको सुनाए ।

धमलाको नेतृत्वमा प्राइम टाइम्स टेलिभिजनलाई नकै प्रगतिको शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot