Logo

प्राज्ञिक विद्यार्थी परिषद्को रजत जयन्ती वर्ष विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न, डा. कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति (भिडिओ)



काठमाडौं, २८ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद्को रजत जयन्ती वर्ष विशेष आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले डा. गोपिनाथ कँडेलको नेतृत्वमा आगामी दुई वर्षको लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्राध्यापक दयराम पौडेल, अच्यूत पन्त र पुष्पराज खतिवडा चयन भएका छन् भने महासचिवमा छितराज न्यौपाने चयन भएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले यस्तो जानकारी दिएको हो । अधिवेशनमार्फत विभिन्न प्रस्तावसमेत पारित गरिएको महासचिव छितराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार ती प्रस्तावमा शैक्षिक, समसामयिक र विश्वव्यापी कोभिड महामारी र यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव रहेका छन्। कार्यक्रममा राष्ट्रिय सचिव नारायण तिमिल्सिनाले पनि आफ्नो धारणा राखेका थिए ।

Press Note:

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल राष्ट्र पुननिर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक संस्कृति र राष्ट्रियताको संरक्षण र प्रवद्र्धन गर्दै देशको गरीमालाई उच्च स्वाभिमानका साथ विश्वमानचित्रमा एउटा अग्रगामी एवम् समृदशाली राष्ट्रको रुपमा स्थापित गर्नका लागि शिक्षा, सामाजिक एवम् राष्ट्रिय स्तरमा कार्यरत नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन हो । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल दलगत राजनीति देखि माथि रहि ज्ञान शील र एकताको आर्दशको साथमा व्यक्ति निर्माणका माध्यमद्वारा राष्ट्रको पुननिर्माणको आफ्नो लक्ष्यप्राप्तिको मार्गमा २५ वर्ष देखि निरन्तरअगाडि वढिरहेको यथार्थ यहाँहरुलाई अवगत गराउँदछौँ । युवाहरुमा सामाजिक कार्यप्रति समवेदना उत्पन्न गरी सम्पुर्ण युवाहरुलाई सामाजिक कार्यमा प्रेरणा प्रदान र राष्ट्रिय एकताको विषयमा शिक्षित र दिक्षित बनाउदै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ परिषद्, सदैव सक्रिय रुपमा कार्यरत छ । समाजमा रचनात्मक कार्यका माध्यमाबाट व्यक्तिको सर्वाङ्गीण विकास गर्न परिषदले निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गरिरहदा विद्यार्थी तथा युवावर्गलाई राष्ट्र पुननिर्माणको कार्यमा समाहितहुनका लागि सकारात्मक प्रेरणा प्रदान गरेको छ । नैतिकवान एवं दृष्टिकोणयुक्त युवाशतिm नै राष्ट्रका मेरुदण्ड हुन भन्ने विचारलाई आत्मसात गर्दै परिषद् निरन्तर वैचारिक एवं शैक्षिक आन्दोलनमा सक्रिय छ ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ति विशेष आठौँ राष्ट्रिय अधिवेशन नेपालको ऐतिहासिक तथा औद्योगिक नगरी विराटनगरको अतिथि सदनमा सम्पन्न भएको छ । विराटनगरमा चैत्र २० गतेबाट सुरू भएको अधिवेशन २२ गते आइतबार सम्पन्न भएको हो । अधिवेशनको उद्दघाटन नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङज्यूले गर्नु भएको थियो ।

उद्दघाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतमज्यू, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टज्यू, प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका पुर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङज्यू, विशिष्ठ अतिथि राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकरज्यू, यावसायी, वेणीगोपाल मुन्दडाज्यू, समाजसेवी एवं नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक इन्दिरा शर्माज्यू, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणी बस्नेतज्यू, प्रदेश सचिव विवस कटवालज्यू, लगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारीूहरू, अखिल भारतिय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहानज्यू साथै समाजका सामाजिक, आध्यात्मिक, व्यवसायीहरूको विशेष उपस्थिति रहेको थियो ।

उद्दघाटन सत्रमा बोल्दै प्रमुख अतिथि घिसिङज्यूले देश विकासका लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोले प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको कार्यबाट त्यस्तो व्यक्ति निर्माण गर्ने कुरामा विश्वस्त रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

अधिवेशनमा साङ्गठनिक प्रशिक्षण, देशको समसामयिक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक, समसामयिक र कोरोना महामारि पछिको अर्थतन्त्र सम्बन्धि विशेष प्रस्तावमाथी व्यापक छलफल पश्चात् आएको सुझाबहरू संकलन गरेर तीनवटा प्रस्तावहरू पारित गरिएका थिए ।

साथै अधिवेशनको एक सत्रमा परिषद्ले राष्ट्रिय अधिवेशन मार्फत प्रदान गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट युवा उद्यमी ललितपुर निवासी देविका बुढाथोकीलाई सम्मान गरेको थियो । कार्यक्रमको भाषण सत्रमा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार डा.रामकृष्ण तिमल्सिनाज्यूले विभिन्न विचारधारा र हाम्रो विचार भन्ने विषयमा विश्लेषणत्मक तथ्यहरूमा बोल्दै पुर्वी सभ्यता र विचारधारा नै सर्व श्रेष्ठ विचार भएको र अन्य विचारधारा नेपालमा आवश्यक नभएको कुरा प्रष्ट्याउनु भएको थियो । साथै अर्को सत्रमा अखिल भारतिय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहानज्यूले विश्वको सभ्यताहरू कसरी हराउदै गयो र आज हाम्रो पूर्वी सभ्यता किन आज सम्म पनि बचिरहेको छ र यसको महत्व साथै अन्य सभ्यतामाथीको आक्रमण र हाम्रो सभ्यता माथीको प्रहार र यी सबैबाट बच्चे विषयमा आफ्नो मनतव्य राख्नु भएको थियो ।

यस्तै विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट आगामि २०७८÷०७९ का लागि ९२ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाइएको छ । भने आठौँ राष्ट्रिय अधिवेशनबाट परिषद्का उपाध्यक्ष डा.गोपीनाथ कँडेलज्यू राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने राष्ट्रिय महासचिवम राष्ट्रिय सचिव छितराज न्यौपाने निर्वाचित हुनु भएको छ ।

भएको रजत जयन्ति बर्ष विशेष आठौँ राष्ट्रिय अधिवेशनमा अलग–अलग सत्रहरू प्रदेश अनुसार बैठक, प्रदर्शनी उद्घाटन, ध्वजारोहण तथा उद्घाटन समारोह, महासचिव प्रतिवेदन तथा निर्वाचन, प्रस्ताव सत्र, भाषणः एक संकल्प राष्ट्रका लागि, भाषण ः विभिन्न विचारधारा र हाम्रो विचार, राष्ट्रय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान, प्रस्ताव पारित, युवा सम्बोधन, भाषणः परिषद्को बढदो गति र आगामी दिशा, सास्कृतिक कार्यक्रम, व्यवस्था परिचय, नयाँ कार्यकारिणी एवं प्रदेश अनुसार बैठक, समापन एवं ध्वजावतरण र नयाँ तथा पुराना कार्यकारिणी समिति बैठक संचालन भए पश्चात अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा विभिन्न क्षेत्रमा समाजका बौद्धिक, सामाजिक, व्यवसायीक, आध्यात्मिक साथै देशैभरबाट परिषद्का ५ सय भन्दा बढि विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार –२०७७ बाट देविका बुढाथोकी सम्मानित

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस बर्षको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार महिला उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेको छ ।  विराटनगरको अतिथि सदनमा आयोजना गरिएको विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार –२०७७ बाट महिला उद्यमी देविका बुढाथोकीज्यूलाई रू १५ हजार नगद, सम्मान पत्र, दोसल्ला र श्रीफल दिएर सम्मान गरेको छ ।

विद्यार्थी परिषद्ले समाजमा सकारात्मक कार्य, प्रेरणादायी अनुकरणीय कार्य गर्दै आइरहेका युवाहरू मध्यबाट राम्रो र उत्कृष्ट कार्य गर्ने व्यत्तिलाई छनौट गरी आफ्नो राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारको नामबाट युवालाई सम्मान गर्ने गरेको छ । उक्त सम्मान गर्ने क्रममा विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार झापा जिल्लाका महिला युवा उद्यमी देविका बुढाथोकीज्यूलाई प्रदान गरेको हो ।

देविका बुढाथोकी झापा जिल्लामा वि.स. २०४१ सालमा जन्मनु भई आफ्नो बाल्यकाल देखि नै सामाजिक, व्यवसायीक एवं उद्यमाशिलताको क्षेत्रमा विशेष रूचि राख्दै विभिन्न संघसंस्था, क्लब, समुहहरू, पेशा तथा सीप सिकाईका क्षेत्रमा आबद्ध हुनु हुन्छ । उहाँले युवा उमेरमा नै हस्तकला, नेपाली मौलिक खाद्यान्नको निर्यात, स्वदेशी उत्पादन तथा बिक्री वितरणका लागि वातावरण निर्माण गरी महिला उद्यमशिलताको विकास एवं विशेष प्रशिक्षण आदिलाई आफ्नो कर्मक्षेत्र बनाई नेपाली हस्तकलालाई उत्पादन गर्दे अन्तराष्ट्रिय स्तरमा व्यापार प्रर्बद्धन र पहिचान प्रदान गर्न सफल हुनु भएको छ । उहाँले नेपाली माटोको उत्पादन, कच्चा पदार्थहरूको संकलन, पाकृतिक रेशाका बनस्पतिहरूको प्रयोग गर्दे हस्तकलाको विकास एवं विस्तार लागि महिलाहरूलाई विशेष प्रशिक्षण गर्दै आइरहनु भएको छ । उहाँले स्वरोजगारको निर्माण तथा जनजीवनमा उपभोग्य सामाग्रीको निर्माण, राष्ट्रमा सीप र संस्कृतिको विकास तथा अन्तराष्ट्रिय स्तरमा नेपाली मौलिक उत्पादनको निर्यातको माध्यमबाट ५०० भन्दा बढि महिलालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्दै, लाखौँ युवालाई स्वदेशमा नै मिहेनत र परिश्रम गरी, सफलता प्राप्त गर्ने सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने सफल हुनु भएको छ । उहाँ समाजको विभिन्न संघ संस्थाहरू, नेपाली माटो खाद्यान्न संस्थाको प्रमुख, नेपाल उद्यमशिल महिला संघको परिकल्पनाकार एवं वर्तमान अध्यक्ष, रिजनल हेन्डिक्राफ्ट इन्डिष्ट्री आदि संगठनमा नेतृत्वदायी, भूमिकामा रहेर प्रेरणादायी साहसिक र आदर्श कार्य गर्दै आइरहनु भएकोले विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार–२०७७ बाट सम्मानित हुनु भएको हो ।

प्रस्ताव क्रमाङ्क–१

शैक्षिक प्रस्ताव

शिक्षाले मानवलाई जीवनपर्यन्त सिकाईका लागि पे्ररित गरिरहन्छ । जसले व्यक्तिको बौद्धिक, आध्यात्मिक, सामाजिक, आर्थिक, भौतिक एवं नैतिक आदि पक्षको सर्वाङ्गीण विकास गराउँदछ । शिक्षाले अन्धकारबाट उज्यालोतिर लैजान्छ, सकारात्मक सोचको विकास, जीवन उपयोगी सिप, सामाजिक मूल्यमान्यता, राष्ट्रप्रेम, श्रमको सम्मान, उच्च मानवीय मूल्य, क्षमतायुक्त नागरिक निर्माण, आत्मविश्वासको विकास, आत्मअनुशासन, जीवनका कठिन परिस्थितिहरूसँग लड्न सक्ने क्षमताको विकास गराउँदै व्यक्तिको जीवनका अपार सम्भावनाहरूको ढोका खोलिदिन्छ । शिक्षाक्षेत्रको समग्र सुधार विना राष्ट्रको विकास सम्भव छैन । देशको वर्तमान शैक्षिक क्षेत्रका निम्नलिखित विषयप्रति गम्भीर बन्दै तत्काल कार्यान्वयनको दिशामा अगाडि बढ्नका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयय अनुदान आयोग, विश्वविद्यालय प्रशासन, पाठ्यक्रम विकास केन्द्र लगायत सम्बन्धित पक्षसँग निम्न मागहरू प्रस्तुत गर्दछ ।

= मानव जातिको पहिलो धरोहरको रूपमा संसारको अगाडि आफ्नो इतिहास र गौरव एवं चिन्तन बोकेको “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत्” तथा अयं निजः परो वेति गणना लघुचेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकम्को सिद्धान्तमा चल्ने पूर्वीय दर्शनलाई गलत सावित गर्नका लागि स्नातकोत्तर तहको शिक्षा शास्त्र र मानविकी संकायका पाठ्यपुस्तकमा पूर्वीय दर्शनको आलोचना भनेर अध्ययन÷अध्यापन गराई पूर्वीय दर्शन माथि आविश्वास र घृणाको भावना उत्पन्न गराइनु अत्यन्तै आपत्तिजनक छ । विश्वविद्यालमा पूर्वीय दर्शन र विभिन्न दर्शन बिच तुलनात्मक अध्ययन एवं अनुसन्धान सहित वर्तमान परिवेशमा पूर्वीय दर्शनको महत्व यसको प्रासाङ्गिकता र विश्वकल्याणका लागि विश्व मानव जगतलाई सुसूचित गराउने दिशामा अग्रसर हुनका लागि सम्बन्धित विषय शिक्षण समिति, विश्वविद्यालय प्रशासन एवं पाठ्यक्रम निर्माण गर्ने निकायको परिषद्को यो आठौँ राष्ट्रिय अधिवेशन गम्भीर ध्यानार्कषण गराउँदछ ।

= लोकसेवाको परीक्षाको पर्खाइमा बसेका विद्यार्थीको उमेरको हदबन्दी बाधक कोभिड १९ महामारीको कारण ३५ वर्ष उमेरको दायराको कारण बाधक बन्न सक्छ । लोकसेवाको अवसरबाट बन्चित हुन पुगेका आम युवावर्गलाई सरकारले उचित व्यवस्था गर्नका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।

= सामुदायिक विद्यालयले अंगे्रजी माध्यममा अध्यापन गराउने बहानामा अभिभावकसँग निजी विद्यालय जस्तो महँगो शुल्क लिइरहेका छन् । सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरे पनि निजीलाई नै उछिन्ने गरी विद्यार्थी भर्ना र मासिक शुल्क उठाइ रहँदा सरकारी निकाए मूकदर्शक बनिरहेको छ । शिक्षाको नाममा सामुदायिक विद्यालयको यस्तो मनोमानी एवं व्यापारीकरणको अन्त्य गराउँदै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई साक्षरताको प्रमाण पत्र प्रदान गर्ने शिक्षाका रूपमा मात्र नभई विश्व बजारमा प्रतिस्पर्धा गर्ने संस्थाका रूपमा अगाडि बढाउन प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।

= नेपाल सरकाले सबैका लागि शिक्षा कार्यान्वयन गर्न तथा अन्तर्राष्ट्रिय तहमा गरेका प्रतिबद्धता पूरा गर्न विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन, विद्यालयमा टिकार्ई राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हिमाली तथा पहाडी क्षेत्रमा छात्रावास निर्माण गर्न छात्राहरूका लागि सेनिटरी प्याडको सहज रूपमा उपलब्ध गराउन विद्यालयहरूलाई अपाङ्गमैत्री बनाउनका लागि प्राज्ञिक परिषद् नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।

= नेपालका अधिकांश क्षेत्र विशेष गरी तराई क्षेत्रमा सामुदायिक विद्यालयले विद्यार्थीको लब्धाङ्क पत्र या कुनै पनि किसिमको प्रगति विवरण उपलब्ध गराउँदैनन् । मूल्याङकन, परीक्षा, पृष्ठपोषण, सुधारात्मक शिक्षण जस्ता काम भएको पाइँदैन । परीक्षा लिने र परीक्षाको उत्तरपुस्तिकालाई परीक्षण गर्ने जस्तो महत्वपूर्ण कार्यलाई नै महत्वहिन ठानेको देखिन्छ । उत्तरपुस्तिका नै परीक्षण नगरी अंक दिने परिपाटि पनि छ । सरकारको उदार कक्षोन्नतिको कारण पनि यस्तो भयावह परिस्थिति उत्पन्न भएको हो तसर्थ परीक्षा प्रणाली प्रभावकारी बनाउनका लागि विद्यार्थी परिषद्को यो आठौँ राष्ट्रिय अधिवेशन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।

= देशभर हाल ११ विश्वविद्यालय र ६ विश्वविद्यालय स्तरका स्वायत्त प्राज्ञिक संस्था छन् । अनावश्यक दलीय राजनीति, राजनीतिक भागबन्डा र खिचातानीले नेपालका सबै विश्वविद्यालय अस्तव्यस्त बनेका छन् । हाम्रा विश्वविद्यालय अस्तव्यस्त र व्यथितिले बर्सेनी हजारौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति चुलि‘दै गएको छ । शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरूले गुणात्मक फड्को मार्न सक्दैनन् । शिक्षण पद्धतिलाई थप सिर्जनात्मक, वैज्ञानिक एवं अनुसन्धानमूलक बनाउदै विश्वविद्यालयहरूको शुल्कमा एकरूपता ल्याउ‘दै, अनावश्यक दलीय राजनीतिक भागबन्डाको अन्त्य गर्दै विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गरी उच्च शिक्षाका लागि विदेशीने जनशक्तिलाई नेपालमै रोकी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्नका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठाँैँ राष्ट्रिय अधिवेशन नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग तथा विश्वविद्यालय प्रशासन समक्ष माग गर्र्दछ ।

=ड देशको इतिहास, महापुरुष, संस्कार, संस्कृति, सामाजिक परम्परा, आफनो जिम्मेवारीप्रति सचेत, स्वावलम्बी, परिश्रमी एवं राष्ट्रलाई केन्द्रविन्दुमा राखेर कार्य गर्न सक्ने नागरिक निर्माण आजको राष्ट्रिय आवश्यकता हो । यस्तो राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्म नैतिक शिक्षा एवं इतिहासको अध्ययन/अध्यापन गराउन र देशमा नै रोजगारी दिने खालको रोजगारीमूलक, व्यावहारिक एवं जीवन उपयोगी शिक्षामा विशेष जोड दिनका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।

= मुस्लिम आयोगले गत फागुन २६ गते मुस्लिम विद्यार्थी भर्नादर घट्नमा उनीहरूको पोषाक बाधक भएको ठहर गरी विद्यालयमा पढ्ने मुस्लिम विद्यार्थीहरूले लगाउने पोशाक आफ्नो धर्मअनाुसार छुट्टै हुने व्यवस्था मिलाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्न्त्रालयलाई गरेको पत्राचारप्रति विद्यार्थी परिषद् खेद प्रकट गर्दछ । यो सुनियोजित र धार्मिक सहिष्णुतामाथि आघात् पु¥याउने कदम हो भन्ने ठहर गर्दै मुस्लिम आयोगको निर्णयलाई कार्यान्वयन नगर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष विद्यार्थी परिषद् जोडदार माग गर्दछ ।

नेपाल आमाको जय ।

प्रस्ताव क्रमाङ्क¬¬–२

समसामयिक प्रस्ताव

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत २०७७ साल पौष ५ गते संसद् विघटन गरी चालेको असंवैधानिक कदम उल्टाउदै सर्वोच्च अदालतले संसद् पुनस्थापनाका लागि गरेको फैसलाले लोकतन्त्रको संरक्षण गर्नुको साथै अदालतको गरिमा बढाएको छ । सर्वोच्च अदालतको यो आदेशको प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल हार्दिक अभिनन्दनका साथ सर्वोच्च अदालतलाई यो आठौं राष्ट्रिय अधिवेशनबाट धन्यवाद ज्ञापन गर्दछ ।

तीव्र गतिमा विकास निमार्ण, रोजगारीको सिर्जना, छिमेकी सँगको सम्वन्ध सुधार र अन्तराष्ट्रिय सम्वन्धमा वृद्धि गर्नुको सट्टा दुई तिहाई जनमत प्राप्त सरकारले व्यक्तिगत स्वार्थ, अहंकार र कूर्चीको मोहले संसद विघटन गर्नुले दुई तिहाई जनमतको धज्जी उडाएको छ । नेताहरू तल्लो स्तरको भनाभन र गालि गलौजमा उत्रिनुले एकातिर लोकतन्त्रको नै खिल्ली उडाएको छ भने अर्कोतिर लोकतन्त्रमा विश्वास गर्ने आम जनताको भावनामा चोट पु¥याएको छ । यस्ता घटनाहरुले विश्वमा नेपाल र नेपालीको शिर निहुराएको छ भने नेपाली राजनीति अत्यन्तै अपरिपक्क भएको कुरा उदाङ्ग पारेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा लोकतन्त्रको खोल ओढि लोकतन्त्र कै घाँटि रेट्ने कार्य भइरहेको छ । देशलाई नै गम्भीर संकटमा पारेर पनि राजनीतिक दलका नेताहरूमा कति पनि लज्जाबोध नहुनु अत्यन्तै खेदजनक छ ।  कोरोनाको माहामारीमा विभिन्न सामाजिक संस्थाहरू, समाजसेवी व्यक्तिहरूको कार्यलाई उच्च सम्मान गर्दै प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौं राष्ट्रिय अधिवेशन आभार प्रकट गर्दछ ।

लामो समयदेखि मेलम्ची खानेपानी आयोजना नेपाली समुदाय विशेष गरी काठमाण्डौंं उपत्यका बासीको सपना पूरा भएको छ । यो परियोजना सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सम्बन्धित निकाय र व्यक्तिहरूलाई अभिनन्दन गर्दै प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौं राष्ट्रिय अधिवेशन नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।

देशको अन्न भण्डार तराई क्षेत्रमा हिउँदको समयमा पर्याप्त सिँचाइ सुविधा नहुँदा र समयमै मल, बिउ सरकारले उपलब्ध गराउन नसक्दा ठूलो मात्रामा उत्पादनमा ह्रास हुनुका साथै किसानीहरूलाई हैरानी परेको छ । यी समस्याहरू समाधानका लागि यस अधिवेशन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।  वर्षेनी हिउँदको समयमा वन जंगलमा डढेलो लागि ठूलो संख्यामा वन क्षेत्र मासिदै गइरहेको छ । डढेलोको कारण उजाडिएको क्षेत्रमा व्यापक वृक्षारोपण गरि वन सम्पदाको संरक्षण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

भर्खरै मात्र ठाँउ ठाँउको डढेलोको कारण बढेको वायु प्रदूषणलाई विदेशबाट आएको भनी केही मिडियाले तथ्यहिन र भ्रामक समाचार प्रचार गर्नु खेदजनक छ । प्रदूषण नियन्त्रणका लागि सरकारद्वारा गरिएका सबै प्रयासहरू निष्फल देखिएका छन् । प्रदूषण न्यूनिकरण गर्ने बहानामा सरकारले उठाउने गरेको प्रदूषण कर कसरी खर्च भइरहेको छ । आम जनतालाई जानकारी गराउन सम्बन्धित निकायसँग यस अधिवेशन जोडदार माग गर्दछ ।

बदलिँदो विश्व परिवेश जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, बाढीपहीरो भूकम्प जस्ता समस्याहरू जुनसुकै बेला पनि आउन सक्दछन् । यस्ता परिस्थितिबाट वर्षेनी नेपालमा हजारौं व्यक्तिको मृत्यु हुने गरेको छ । यस्ता संकटबाट बच्न पूर्व तयारी, पूर्वसूचना एवं विपद् व्यवस्थापन टोली, विपद् कोष आदिको व्यवस्था मिलाउन नितान्त आवश्यक छ । प्रत्येक प्रदेशमा सशक्त प्राकृतिक प्रकोप एवं संकट व्यवस्थापन केन्द्रको साथै विपद् कोष निर्माणका लागि यो आठौं राष्ट्रिय अधिवेशन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

देशको अव्यवस्थित सीमा नाकाहरू र प्रशासनको लापर्वाहीले वर्षेनी हजारौं संख्यामा विदेशी प्रवेश गरी अनैतिक र गैरकानुनी कार्य गर्दै आइरहेका भेटिन्छन् विश्वले प्रतिबन्ध गरेका आपराधिक संस्थाका मान्छेको समेत गतिविधि बढ््रनु र यो देशको संस्कृति इतिहास माथि आक्रमण गर्नु, वैदेशिक घुसपेठ बढ्न,ु उनीहरूको बस्ती नै निर्माण हुनु उनीहरूका सार्वजनिक कार्यक्रम हुनुले सरकारको नियत माथि नै प्रश्न खडा गरेको छ । त्यसैले सिमा नाका व्यवस्थित गरी देशको आन्तरिक सुरक्षा व्यवस्थापनका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यस आर्ठौ राष्ट्रिय अधिवेशन सरकार संग जोडदार माग गर्दछ ।

देशभरी सुशासन र जवाफदेहिताको आवाज उठिरहेको बेला राजनीतिक संगठन, सामाजिक संगठन संस्थाहरूको नै लापरवाहि देखिन्छ । आफ्ना गतिविधि र आयको हिसाब सरकारलाई नदिनु, सार्वजनिक नगर्ने कार्यले उनिहरूको नियत माथि नै शंका खडा हुन्छ । त्यसैले प्रत्येक कार्यक्रमको सामाजिक लेखा परिक्षण हुन नितान्त आवश्यक छ र यसले आर्थिक अनियमितता कम गर्नुका साथै जवाफदेहिता बढाउने गर्छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यस आठौं राष्ट्रिय अधिवेशन यो विषयमा कडाईका साथ नीतिनिर्माण र कार्यान्वयनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।
देशमा प्रत्येक १०÷१० वर्षमा जनगणना हुने गर्दछ । आगामी २०७८ सालमा पनि जनगणना हुने योजना तय भएको छ तर अहिलेदेखि नै यो माटोको संस्कृति र भाषा माथि

आक्रमण गर्ने हेतुले विभिन्न समूहहरूले नियोजित षड्यन्त्रबाट प्रभावित भई भ्रामक प्रचार गरिरहेका छन् । यसको रोकथामको लागि परिषद्को आठौं राष्ट्रिय अधिवेशन सरकारको ध्यानाकर्षण गराउँदछ ।

हुलाकी मार्ग, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी लोक मार्गहरू जस्ता सडक निर्माणका गौरवपूर्ण योजना कार्यान्वयन सुस्त गतिमा बढ्नु, ढिलो काम हुनु र समय समयमा सरकार र ठेकदार बीच मनमुटाब भइ कार्य रोकिनु लज्जाको विषय हो सडक निर्माणको कार्यलाई गति दिई व्यवस्थित यातायात सुविधाका लागि परिषद्को आठौं राष्ट्रिय अधिवेशन नेपाल सरकारलाई आग्रह गर्दछ ।

सडक सञ्जालमा नजोडिएको विकट जिल्ला हुम्लालाई सडक सञ्जालमा जोड्ने उद्देश्य बोकी राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको कर्णाली करिडोर अन्तर्गत कालिकोट जिल्लाको खुलालुमा कर्णाली नदीमा निर्माणाधिन मुख्य पक्की पुल इन्जिनियरको नक्साङ्कन विपरित ठेकेदारले बजेटमा हिनामिना गर्ने उद्देश्य बोकी आफ्नो मनोमानीमा पुल निर्माण कार्य भइरहेकोले यसलाई तत्काल रोक लगाई उक्त ठेकेदारलाई आवश्यक कारबाही गरी पुनः इन्जिनियरको नक्साङ्कन अनुरूप पुल निर्माण कार्यलाई सुचारु गर्न यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

देशको पश्चिम क्षेत्रमा दिनहु बाघको आक्र्रमण बढ््रदै गइरहेको छ । यो परिस्थितिको उचित निकाश र व्यवस्थापनका लागि निकुञ्ज एवं जङ्गल क्षेत्रमा बार लगाउने र जनावर आवत जावतका लागि पुल निर्माणको लागि परिषद्को आठौं राष्ट्रिय अधिवेशन सरकारको ध्यानकषर्ण गराउँदछ ।

नेपाल आमाको जय ।

प्रस्ताव क्रमाङ्क¬¬ ३

विश्वव्यापी कोरोना संकट र नेपालको अर्थतन्त्रमा यसको प्रभाव

वि.सं. २०७६ सालको पौषमा चीनको बुहानबाट प्रारम्भ भएको कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले वि.स. २०७६ चैत ११ गतेबाट कोरोना भाइरसलाई नियन्त्रण गर्ने उद्देश्यले लकडाउन शुरू ग¥यो । यसले गर्दा नेपालकोे कृषि, उद्योग, व्यापार, शिक्षा, पर्यटन, यातायात, रेमिट्यान्स, आपूर्ती क्षेत्र प्रभावित बन्न पुगे । यसप्रति प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल गम्भीर एवं चिन्तित बनेको छ । संक्रमणकाल कम गर्न सरकारले देशव्यापी लकडाउन गर्दै चालेका कदम र बनाएका नियमको पालना गर्दै कोरोना महामारीको प्रभावलाई कम गर्न कष्टमय जीवनयापन गर्ने आम नागरिक, अग्रपङ्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी, सामाजिक संगठन, सञ्चारकर्मीप्रति विद्यार्थी परिषद् उच्च सम्मान गर्दछ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि विश्वका स्वास्थ्य निकायहरू प्रतिस्पर्धामा उत्रिएर खोपको निर्माण गरे । विश्वका विभिन्न देशले उत्पादन गरेका खोपहरू छोटो समयमा नेपाल सरकारले वृद्धवृद्धा, चिकित्सक, अस्पताल कर्मचारी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिलाई निःशुल्क खोप उपलब्ध गराउने कार्यप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन, नेपाल सरकारलाई धन्यवाद ब्यक्त गर्दछ ।
हरेक नागरिकको जनधन र स्वास्थ्यको रक्षा गर्नु कुनै पनि राष्ट्रको प्रमुख प्राथमिकताको विषय हो, तर कोरोना महामारीसँगै देखिएको फितलो स्वास्थ्य व्यवस्थापनले स्वास्थ्य क्षेत्रमा हाम्रो पँहुच कमजोर रहेको भन्ने कुरा प्रष्ट पारेको छ । तसर्थ भोलिका दिनमा आउने यस्ता विश्व स्वास्थ्य संकटलाई व्यवस्थापन गर्नका लागि उचित व्यवस्थाका लागि पूर्व तयारी गर्दै यस्ता महामारीले अर्थतन्त्रलाई ध्वस्त बनाउन सक्ने तथ्यप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

कोरोना महामारीसँगै वैदेशिक रोजगारमा गएका लाखौँ नेपाली नागरिकहरू रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा कृषि तथा युवा रोजगारका कार्यक्रमहरूको सिर्जना गरी युवावर्गलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन, आवश्यक प्रशिक्षणको व्यवस्था, सहुलियत दरमा ऋण तथा अनुदान उपलब्ध गराउने, कृषि उत्पादनको बजार व्यवस्थापनका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।

कोरोना नियन्त्रणका लागि नेपाल सरकारले बनाएका केही स्थायी र अस्थायी संरचनाहरूमा राज्यको खरबौँ रूपैँया खर्च भएको छ । तसर्थ ती संरचनाहरूलाई संरक्षण गर्दै आवश्यकता अनुसार उचित सदुपयोग गर्नको लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपाल यो आठौँ राष्ट्रिय अधिवेशन जोडदार माग गर्दछ ।

कोरोना महामारीले नमस्कार, ध्यानयोग, शुद्ध खानपान, पारिवारिक महत्त्व जस्ता पूर्वीय दर्शनका मान्यताहरूलाई विश्वभरी प्रख्यात बनायो । यो परिस्थितिमा नेपालले आफ्नो दर्शन र संस्कारका बारेमा जनचेतना जगाई त्यसबाट आर्थिक लाभ लिने उपायहरूका बारेमा ठोस योजना बनाई कार्यान्वयन गर्न प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल यो आठौँ राष्ट्रिय अधिवेशन जोडदार माग गर्दछ ।

कोरोनाको कारणले हुने आर्थिक असर न्युनिकरण गर्न सरकारले घरेलु, साना तथा मझौला उद्योग एवं पर्यटन व्यवसाय र त्यसबाट प्रभावित श्रमिक तथा कर्मचारी वर्गको सहयोगका लागि स्थापना गरिएको कोषको सही सदुपयोग गर्न प्राज्ञिक विद्यार्थी परिषद् नेपाल यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । साथै हालसम्म कोरानाको लागि स्थापना गरिएका कोषहरूको यथार्थ आय–व्यय विवरण सार्वजनिक गर्न समेत प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।
भ्रष्टाचारले खोक्रो बनिसकेको अर्थतन्त्र कोरोना महामारीले अझै जर्जर बनाएको छ । यस परिस्थितिमा संघ र प्रदेश एवं स्थानीय तह एकै स्वर र सामूहिक योजनाका साथ अघि बढ्न आग्रह गर्दै कोरोनाको नाममा वस्तु व्यापार र औषधि व्यापारमा आर्थिक अनियमितता हुन नदिन एवं बजारमा हुनसक्ने व्यापारिक मिलेमतोलाई निरूत्साहित गर्न प्राज्ञिक विद्यार्थी परिषद् नेपाल यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

प्रतिकूल वातावरणले अर्थतन्त्रमा दीर्घकालमा असर गर्ने तथ्यलाई मनन गरी वायु तथा जल प्रदुषणबारे जनचेतना जगाउँदै आम सर्वसाधारण, सवारीसाधन एवं उद्योग कलकारखानाबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न ठोस कदम चाल्न प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यो आठौँ राष्ट्रिय अधिवेशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

नेपाल आमाको जय

 



प्रतिक्रिया दिनुहोस्