Logo

नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विपुल पोखरेल नेतृत्वको प्यानल नै विजयी



काठमाडौं, २८ चैत्र । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । आज साँझ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै पोखरेलको नेतृत्वमा रहेको प्यानल नै विजयी भएको हो । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्