Logo

सिटीमाथि दोस्रो हाफ दश खेलाडीमा खेलेको लिड्सले इन्जुरी समयमा जीत निकाल्यो



एजेन्सी, २८ चैत्र । म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग अबको केही खेलमै जित्ने सम्भावनामा धक्का पुगेको छ । सिटीलाई लिड्स युनाइटेडले आज भएको खेलमा २-१ ले पराजित गरेपछि धक्का पुगेको हो ।

लिड्सले पुरा दोस्रो हाफ दश खेलाडीमा सिमित भई खेलेको थियो । तर, उसले गजबको खेल प्रदर्शन गर्दै इन्जुरी समयमा जित निकाल्यो ।

पहिलो हाफमा सिटीमाथि लिड्सले गोल गरेपछि खेल रोचक बनेको थियो । तर, लियाम कुपरले जेससलाई फल गरेर रातो कार्ड पाएका थिए ।

फेरन टोरेजले सिटीका लागि बराबरी गोल फर्काए । तर, डालाजले ९१ औ मिनेटमा गोल गरी सिटीलाई स्तब्ध पारे ।



प्रतिक्रिया दिनुहोस्