Logo

धमलाको हमलामा नायक हरिहर अधिकारी, नीता ढुंगानासँग विवाहबारे यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । चर्चित युवा ज्योतिष तथा नायक हरिहर अधिकारीले आफू र नायिका नीता ढुंगाना असल साथीमात्रै रहेको खुलासा गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू र नीता असल मित्र रहेको विश्वास दिलाए ।

अन्तर्वार्ताको क्रममा पत्रकार धमलाले हरिहर र नीताबीच गहिरो प्रेम रहेको भन्ने दाबी गरेपनि हरिहरले भने यो सही हमला नभएको भन्दै धमलाको प्रश्नलाई हाँसेर टारे । उनले विवाह भन्ने जीवनमा एकपटक गर्ने कुरा भएकोले अहिले विवाहबारे ठोस निर्णय नलिएको स्पष्ट पारे । उनले यसअघि पनि आफू प्रेम सम्बन्धमा रहेको पनि स्मरण गराए । उनले आफू र नीताबीच राम्रो मित्रता रहेको भन्दै सबैको शुभेच्छा भए राम्रो हुनेपनि सुनाए । उनले भोलिको दिनमा आफू र नीताबीच विवाह पनि हुनसक्ने सम्भावना सुनाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्