Logo

एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने



काठमाडौं, चैत २९ ।अब बीमितले एकल बीमा पोलिसी किनेकोे ३ वर्षसम्म बीमालेख सरेन्डर (त्याग) गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन पनि नपाउने व्यवस्था गरिएको छ ।

बीमा समितिले गत हप्ता १९ जीवन बीमा कम्पनीहरूलाई आन्तरिक रूपमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रअनुसार अब बीमा कम्पनीहरूले एकल बीमा पोलिसी विक्री गरेको ३ वर्षसम्म ग्राहकबाट सरेन्डर लिन पाउने छैनन् । साथै, पोलिसी विक्री गरेको सोही अवधिसम्म पनि बीमालेख धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि एकल बीमा पोलिसी विक्री गरेको २ वर्षपछि मात्र बीमालेख धितो राखेर कर्जा दिने पाइने व्यवस्था थियो । तर, पोलिसी सरेन्डरको विषयमा कुनै समयसीमा तोकिएको थिएन । अहिले बीमा समितिले ३ वर्षपछि मात्रा पोलिसी सरेन्डर गर्न पाउने र बीमालेख धितो राखेर कर्जा पाउने व्यवस्था गरेको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्