Logo

रियल मड्रिडसँग बार्सिलोना २–१ ले पराजित, जीतसँग रियल शीर्ष स्थानमा उक्लियो



स्पेन, २९ चैत्र । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक/एक गोल गरे । पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा रियलका कासेमिरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

लिगमा ३० खेलबाट रियालको ६६ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड समान ६६ अंकका साथ दोस्रो स्थानमा झरेको छ । ६५ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्