Logo

गोंगबुको गेष्ट हाउसमा पुरुषको शव फेला



काठमाडौं, २९ चैत्र । काठमााडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । शनिबार राति मित्रनगरमा एक गेष्ट हाउसमा स्याङ्जा पुरानो घर भएका हाल नवलपरासी बस्दै आएका नारायण घर्ती मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

घर्तीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ । उनको नागरिकताको आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको लागि घर्तीसँगै होटलमा बसेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्