Logo

१ केजी गाँजासहित पक्राउ



उदयपुर, २९ चैत्र । अवैध लागूऔषध गाँजा सहित एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका–९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरी पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्