Logo

ओली-महन्थ गठबन्धनको प्रयास सकारात्मक मोडतर्फ, सत्ता समिकरणको तयारी



काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग सत्ता समिकरणको प्रयासलाई तिव्र पारेका छन् । उनले समिकरणका लागि जसपाको महन्थ ठाकुर पक्षसँग छलफल तिव्र पारेका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग सत्ता समिकरणका लागि शर्तसहित कुराकानी गर्दै आएका छन् । जसमा आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता देखि मधेशीलगायत पिछडिएको समुदायको माग सम्बोधनको विषय छ । प्रधानमन्त्री ओल् ित्यसप्रति सकारात्मक भएका छन् ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई साथ दिनसक्ने बताएका छन् । रेडियो एनआरएनसँग कुरा गर्दै महतोले आफूहरुको माग सम्बोधन गर्न तयार भए साथ दिनसक्ने बताए ।

प्रधानमन्त्री ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले पनि जसपासँग सत्ता साझेदारीमा छिट्टै सहमति हुन सक्ने बताएका छन् । जसपाको जायज माग सम्बोधन गर्न सरकार सकारात्मक भएको समेत बताए । यसबाट ओलीले जसपालाई सत्ता समिकरणमा तान्ने प्रयास गरिरहेको खुलेको छ । जसपाको ठाकुर पक्ष पनि ओलीको विषयमा सकारात्मक देखिदैछ ।

जसपाभित्र ओली या ओलीइतरको दल र समूहसँग मिलेर जाने विषयमा मतभेद छ । ठाकुर पक्ष ओलीसँगै सहमति बनाएर समिकरण बनाउन सकारात्मक छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई त्यसको विपक्षमा छ । उक्त समूह नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर जाने पक्षमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्