Logo

महाभारत धारावाहिकका इन्द्रको निधन



एजेन्सी, २९ चैत्र । धारावाहिक महाभारतमा इन्द्रको भूमिका निभाउने सतिश कौलको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित उनको शनिबार निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको ७३ वर्षको उमेरमा निधन भएको हो । सतिश पछिल्लो समय ठूलो आर्थिक संकटबाट गुज्रिरहेका थिए ।

पञ्जाबी चलचित्रमा सतिशले ठूलो योगदान गरेका थिए । उनले हिन्दी चलचित्रहरुमा समेत अभिनय गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot