Logo

टेबलमै बसेर क्युआर कोड मार्फत खाना अर्डर गर्न सकिने ClickEAT एप आयो



काठमाडौं, २९ चैत्र । एमआईएस कम्युनिटी प्रा.लि.ले नयाँ वर्षको अवसरमा ClickEAT एप संचालनमा ल्याउने भएको छ ।  प्रा.लि.ले नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेदेखि उक्त एप संचालनमा ल्याउने भएको हो ।

कम्पनीको अनुसार यो एपबाट रेष्टुरेन्टमा बसेर अर्डर गर्ने झन्झटबाट ग्राहकहरुले मुक्ति पाउने भएका छन् । होटलको कोठामा बसेर वेटर बिना नै एपमार्फत कोठा नम्बरको आधारले ग्राहकले अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस एपमार्फत रेष्टुरेन्ट व्यवसायीहरुले प्रत्येक दिनको आम्दानी तथा सेल्सको रेकर्ड राख्न सक्नेछन् । एप प्रयोगकर्ताहरुले प्लेस्टोरबाट ClickEAT App डाउनलोड गरेर टेबलमै बसेर क्युआर कोड स्क्यान गरी एप्लिकेसनबाट नै आफुलाई मन पर्ने खाना अर्डर गर्न सक्नेछन् ।

होटल तथा रेष्टुरेन्टमा जाने ग्राहकहरुले एप मार्फत आफुलाई मन पर्ने खानाको सुचि, मुल्य हेरेर अर्डर गर्न र आफुले लिएको सेवा-सुविधाको कुल खर्च समेत एपबाट हेर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ClickEAT एपमा आबद्व हुन चाहाने होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई मोवाइल न. ९८४३६६२२७०/९८१३५१९२०६ सम्पर्क गर्न आग्रह गरेको छ ।  यसको साथै फेसबुक पेज Facebook.com/clickeatnpl तथा http://clickeatnpl.com मा पनि सम्पर्क गर्न सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्