Logo

२०८० सालभित्र नेपालमा राजसंस्था फर्किने ज्योतिषीको दाबी (भिडिओसहित)



काठमाडौं, २९ चैत्र । युवा ज्योतिष हरिहर अधिकारीले आगामी २०८० सालभित्र नेपालमा राजसंस्था फर्किने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आगामी २०८० सालभित्र राजपरिवारले कुनै न कुनै रुपमा एउटा रेस्पेक्ट पाउनेछन् । सेरोमोनियल किङ हुने सम्भावना देखेको छु । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि सेरोमोनियल किङ बन्ने सम्भावना छ ।’ उनले नेपाल र भारतबीच सम्बन्ध पनि राम्रो हुने दाबी गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच असाध्यै राम्रो सम्बन्ध रहेको पनि खुलासा गरे । हेरौं ज्योतिष अधिकारीसँग गरेको कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्