Logo

कांग्रेस नेता मोहन बस्नेतको उग्र रुप, केशब बडाललाई कार्यक्रममै तँ भनेपछि… (भिडिओसहित)



काठमाडौं, २९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र नेकपा (एमाले) नेता केशब बडालबीच पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा चर्काचर्की परेको छ। आज राति प्रसारण भएको कार्यक्रममा नेताद्धय बस्नेत र बडालबीच चर्काचर्की परेको हो ।

प्राइम टिभीको युट्युब च्यानलमा राखिएको ५२ मिनेट ६ सेकेण्डको पूरा भिडिओ राखिएको छ । भिडिओको ३५ मिनेटमा पत्रकार धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”

यत्तिकैमा एमाले नेता बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।”

उता, बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, देशद्रोही कम्युनिष्ट । फेरि बडाल बोल्न खोज्छन् । तर, बस्नेतले ‘चुप’ भन्दै कडा रुपमा आफूलाई प्रस्तुत गर्छन् ।



प्रतिक्रिया दिनुहोस्