Logo

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित



काठमाडौं, चैत ३० । कोभिड–१९ महामारीका बीच उत्साहवर्द्धक रूपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरूको अपेक्षा छ । एकातर्फ प्रतिकुल परिस्थितिमा पनि पर्वतारोहणका लागि बाक्लो संख्यामा विदेशीको आगमन, अर्कोतफ विशिष्ट पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति ९एक्सिपिडिशन पर्मिट० दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् । यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धवलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण संघ ९एनएमए०का महासचिव कुलबहादुर गुरुङले असहज परिस्थिति हुँदाहुँदै पनि सगरमाथासहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो संख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए । एनएमएको तथ्यांकअनुसार गत साउन १ देखि फागुन २९ गतेसम्म ६२ ओटा पिकका लागि अनुमति जारी भएका छन् । उक्त पिकमा १६९ पुरुष र २३ महिलाले आरोहण गर्दै छन् । पिक पर्मिटबाट हालसम्म १६ लाख ८६ हजार रोयल्टी संकलन भएको छ । यतिबेला विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

कोभिड महामारी जोखिमकाबीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ट पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर पैmलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्