Logo

मुख्य शहरका विद्यालय बन्द गर्ने अवस्था आउनसक्छः स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम



काठमाडौं, ३० चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विद्यालय नभई कोरोना भाइरसको संक्रमण दर उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, विरगंजलगायतका ठाउँमा कोरोना संक्रमण दर उच्च रहेकाले ती ठाउँका शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आउनसक्ने प्रष्ट पारे ।

कोरोना भाइरसको संक्रमण भयावह बन्न सक्ने भन्दै शैक्षिक संस्था बन्द गर्नेबारे सोचको उनले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा।गौतमले कोरोनाको दोस्रो चरणको संक्रमण किशोरकिशोरी समूहमा बढी देखिएकाले पनि शैक्षिक संस्था बन्द गर्नेबारे सरकार अग्रसर बनेको बताए ।

सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डहरुको पालना नगर्ने व्यक्तिहरुलाई कारबाही गरिने पनि बताए । डा.गौतमले बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग, बेला बेला स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरे



प्रतिक्रिया दिनुहोस्