Logo

मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने



काठमाडौं, ३० चैत्र । कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सरकारले कडा निर्णय लिन लागेको छ । आज साँझ मन्त्रिपरिषदको बैठकले त्यसबारे निर्णय लिने बुझिएको छ ।

शैक्षिक संघसंस्थामा कोरोना भाइरसको जोखिम बढेको निष्कर्ष निकाल्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तिमा ३ साता विद्यालयलगायत शैक्षिक संघसंस्था बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । आजको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।

विशेषगरी काठमाडौं, पोखरा, विराटनगरलगायत शहरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढेको निष्कर्षसहित निर्णय लिने तयारी भएको छ । सरकारले वैशाखभर नै विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने गरी अवस्था हेरेर विद्यालय बन्द गर्ने तयारीका लागि सुझाव समेत लिएको छ । तर, शैक्षिक संघसंस्थासम्वद्ध व्यवसायी र विज्ञले विद्यालय तत्काल बन्द नगर्न आग्रह गरेका छन् ।

विद्यालयहरुले रोकथामको उपाय अपनाएर सञ्चालन गर्ने बताउँदै आएका छन् । तर, विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा जोखिममा परेको निष्कर्ष सरकारले निकालिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्