Logo

किरण र मिरुनाको “म तिम्रै” (भिडियो)



काठमाडौं, ३० चैत्र । सलीन मगरको आवाज, शब्द, लय सिर्जना र सङ्गीत संयोजनमा गीत “म तिम्रै” सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको थियो । गीत रिलिज कार्यक्रममा निर्देशक मिलन चाम्स, गायक सनुप पौडेल लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गीत र भिडियो निकै उत्कृष्ट बनेको निर्देशक चाम्सले बताए ।
https://youtu.be/EPPTtsu495A
केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् । बिकेश मगरको छायाङ्कन,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ । किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्