Logo

२ केजी गाँजासहित दुई पक्राउ



सुनसरी, ३० चैत्र । अवैध लागुऔषध २ केजी गाँजासहित २ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–३ शान्तिपथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने २० वर्षीय निगम राई र सोही ठाउँ बस्ने १९ वर्षीय शुक्रराज राई रहेका छन् । को–१३ प ६७८२ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक निगम र मोटरसाइकलमा सवार शुक्रराजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्