Logo

विगतका सरकारले हाम्रा माग सम्बोधन गरेनन्, तर यो सरकारले गर्छु भनेको छ : राजेन्द्र महतो



जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र महतोले आफूहरुले आफ्ना माग र मुद्दा सम्बोधन गराउन प्रयास गरिरहेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री वा अरु नेतासँग निकटता भन्दापनि आफ्ना माग र मुद्दासँग निकटता रहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतोले अहिलेसम्म आफ्नो पार्टीले सत्ता समिकरणको विषयमा ठोस निर्णय नगरेको पनि सुनाए ।

तपाईँहरूको निकटता प्रधानमन्त्री केपी शर्मा ओलीसंग कि शेरबहादुर देउवासंग छ ?

हाम्रो निकटता सबैसंग छ । अहिले हाम्रो माग र मुद्दासंग निकट्ता छ । हाम्रा माग र मुद्दा सम्वोधन गराउने दायित्व हो । हाम्रो पार्टीको दायित्व हो, त्यसमा हामीले प्रयास् गरिरहेको हो ।

शेरबहादुर देउवाले बोलाएर आफुलाई सहयोग गर्न भनिरहनुभएको छ, तपाईँहरु अब कसको पक्षमा ?

अस्तिको बैठकमा उहाँले आफ्नो पार्टीको निर्णय सुनाउनुभएको थियो । हामीले सत्ता समिकरणको सम्बन्धमा हाम्रो विचमा छलफल भएको छैन । पार्टीले कुनै निर्णय गरिसकेको छैन । यो सम्बन्धमा अहिले नै हामी केही भन्नसक्ने अवस्थामा छैनौँ । सत्ता समिकरणको सम्बन्धमा अहिलेनै पार्टीमा हाम्रो छलफल हुन्छ, अनि निर्णय हुन्छ । त्यतिबेला यो सम्बन्धमा पार्टीले केही भन्न सक्छ । हाम्रो पार्टीले यो विषयमा सोचिसकेको छैन् ।

त्यसोभए तपाईँहरु काँग्रेसको नेतृत्वमा सरकार बनाउन तयार हुनुहुन्न हो ?

यो पार्टीले निर्णय नै गरिनसकेको अवस्थामा सत्ता समिकरणको विषयमा पार्टीले कुनै पनि निर्णय जे हुन्छ, त्यसरी नै पार्टी अगाडि बढ्ने हो ।

तपाईंको पार्टीमा पनि अहिले अहिले दुई धार छ नि, तपाईँहरु किन अनिर्णयको बन्दी बन्नुभयो त ?

पार्टीभित्र पनि लोकतन्त्र छ । लोकतान्त्रिक अवस्थामा पार्टीका नेताहरूले सदस्यहरुले निर्णय नभएसम्म आफ्नो विचार राख्न पाउँछन्, त्यही भएर उनीहरुले आफ्नो विचार राख्छन् । यो भयो भने राम्रो हुन्छ । पार्टीभित्र विचार आउनुपर्छ । त्यो स्वभाविक हो । त्यो लोकतान्त्रिक मूल्य र मान्यता हो । र, अधिकार पनि हो । त्यसैले सत्ता समिकरणको सन्दर्भमा अहिलेसम्म पार्टीले कुनैपनि निर्णय नगरिसकेकोले आ–आफ्नो ठाउँमा अहिले जे आईरहेको छ, यो सम्बन्धमा पार्टीले निर्णय गर्छ । त्यसपछि सोहीअनुसार हुनेछ । हाम्रो विगतको आन्दोलन जुन भयो, त्यो मधेश आन्दोलन हाम्रै नेतृत्वमा भएको थियो । त्यो आन्दोलनमा विषयबस्तुहरु र मुद्दाहरु प्रत्येक सरकारलाई हामीले आग्रह गर्ने गरेका छाँै । यो देशको समस्या हो, यसलाई समधान गर्नुपर्छ । विगतका सरकारहरुलाई पनि भन्यौँ । अहिलेको सरकारलाई पनि हामी भनिरहेका छौँ । यी सवालहरुलाई सम्वोधन गर्नुहोस् । र सरकारसंग अहिलेसम्म सकारात्मक रूपमा नै कुरा भएको छ । त्यसैले त्यो हाम्रो दायित्वभित्र पर्दछ । हाम्रो दायित्व भएकोले त्यसमा हामीले प्रयास गरेको हो । अहिलेसम्मको अवस्था यही हो ।

तपाईँहरुको मागलाई अबको नयाँ बन्ने सरकारले पनि सम्वोधन गछौँ भनिरहँदा पनि तपाईँहरु केपी शर्मा ओलीतिर नै किन त ?

अस्तिको काँग्रेस र माओवादी केन्द्रसंग बसेको बैठकमा हामीहरुले उठाएका हाम्रो पनि माग छन्, ती सबै माग उहाँहरुले सम्वोधन गछौँ भन्नुभएको थियो । हामीले उहाँहरुलाई अहिले तीन/चार वर्ष अगाडि चलेका सरकारहरुलाई देउवाको सरकार, प्रचण्डको सरकार वा ओलीजीको सरकार, काँग्रेस, एमाले र माआादीका सरकार विगतमा हामीले पटक/पटक आग्रह गर्दै आएका हौँ । समस्याको समाधान गर्नुहोस् यो राज्यको दायित्वभित्र पर्दछ । जनतालाई न्याय दिनुहोस् यसरी राख्न मिल्दैन् । अहिलेसम्म त हामीले काँग्रेस, एमाले र माआवादी सबै सरकारलाई सम्वोधन गर्न कुरा गरेका थियौं । कसैले गरिदिएन । अस्ति बैठकमा गर्छौं भनेर भन्नुभयो । ठीकै छ, त्यसको लागि धयबाद छ । तर के छ भने अहिलेको जुन सरकार छ, त्यो सरकार ंग कुरा भईरहेको छ र सकारात्मक कुरा पनि भईरहेको छ । मधेश÷थरुहट आन्दोलनका २०८ हाम्रा नेता÷कार्यकर्ताहरुलाई फिर्ता गर्ने सन्दर्भमा प्रकृया अगाडि बढिसकेको छ । त्यसैले अन्य कुराहरुमा पनि सकारात्मक रूपले कुरा भईरहेको छ । हेरौँ नि त, यो सरकारले पनि गर्छु भनेको छ । यो सरकारमा नै छ र यो बन्ने अवस्थामा छ भनेपछि हेरिहालौं । सरकारले गर्छु भनेपछि गरिदियो भनेदेखि त धन्यवाद नै हुने सरकारले गर्नुपर्ने हो । यो सरकारबाट गराउने, त्यो सरकारबाट गराउने त्यो होईन् । विगतको सरकारले गरेनन्, तर यो सरकारले गर्छु भनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्