Logo

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दा …



ओखलढुङ्गा, ३० चैत्र । यौन दुर्व्यवहार गरेको अभियोगमा एकजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की आइतबार साँझ पक्राउ परेका हुन् ।

कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्