Logo

प्रधानमन्त्री ओलीले बोलाए पार्टीको केन्द्रीय कमिटी बैठक



काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक आगामी वैशाख ६ गतेको लािग बोलाईएको छ ।

उक्त बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने जनाईएको छ । हुन त एमाले केन्द्रीय कमिटी अहिले महाधिवेशन आयोजक कमिटीमा परिणत भएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने देशव्यापी रुपमा समानान्तर कमिटी बनाईरहेको छ ।

यो बीचमा अध्यक्ष ओलीले नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि साधारण सदस्यसेत नरहनेगरि कारबाही गरेका छ्न । उक्त कारबाहीलाई आफूहरुले नमान्ने उनीहरुको प्रतिक्रिया छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्