Logo

बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी पक्राउ



सिरहा, ३० चैत्र । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखिया शनिबार पक्राउ परेका हुन्।

लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्