Logo

कुमारी बैंकको शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा क्युआर कोड संचालन



काठमाडौं, ३० चैत्र । शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित गर्न कुमारी बैंकले क्युआर कोड भुक्तानी सेवा संचालन गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कुमारी बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु कुमारी बैंकले दिँदै आएकोे जनाएको छ । र्बैकले आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता गरेको छ ।



प्रतिक्रिया दिनुहोस्