Logo

प्रतिनिधिसभालाई बन्धक बनाईएको छ, नयाँ सरकार बन्नसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली



काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई बन्धक बनाईएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटाको भूमिकाको आलोचना गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संसदमा पेश गरेको प्रस्ताव निर्णयार्थ पेश किन नगरिएको ? भन्दै प्रश्न गरे ।

उनले भने,‘नेपाली कांग्रेस किन बोल्दैन्, उहाँहरु साँठगाँठ गरिरहनुभएको छ । यस्ता अलोकतान्त्रिक अभ्यासहरु छन् ।’ उनले अहिले न सरकार, न संसद चल्न दिएको भन्दै आलोचना गरे । प्रतिनिधिसभा पूनःस्थापना भएको दुई महिना भएपनि अहिलेसम्म संसद राम्रोसँग चल्न नसकेको भन्दै उनले गुनासो पोखे । उनले अब नयाँ सरकार बन्नसक्ने अवस्था नभएको जिकिर गरे । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्