Logo

प्रधानमन्त्री देखि मुख्यमन्त्रीसम्म चौंथो शक्तिको दाबी



काठमाडौं, ३० चैत्र । संसदको अंकगणितको खेलले मुलुकमा यस्तो अवस्था आएको छ कि चौंथो शक्तिले प्रधानमन्त्री देखि मुख्यमन्त्रीसम्मको दाबी गरेको छ । दाबी मात्र नभई प्राप्त गर्ने सम्भावना पनि उत्तिकै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ता समिकरणको प्रयास भइरहँदा सफल हुन सकेको छैन । त्यसको मुख्य कारण नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको सत्ताको नेतृत्वको दाबेदारी हो । काँग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुर सत्ता नेतृत्वको मुख्य दाबेदार छन् । एकले अर्काको नेतृत्व स्वीकार्ने अवस्था नभएसम्म समिकरण बन्न सक्दैन ।

जसपा प्रतिनिधि सभामा चौथो ठूलो शक्ति हो । काँग्रेस दोस्रो ठूलो शक्ति हो । पहिलो शक्ति नेकपा एमालेभन्दा झण्डै आधा सांसद सिट संख्या कम रहेको काँग्रेस दाबेदार देखिएको छ । काँग्रेसभन्दा झण्डै आधा सिट संख्या रहेको जसपाको पनि दाबी बलियो छ । निर्णायक शक्ति भएकाले जसपाको दाबेदारी बलियो छ ।

यसैगरी, गण्डकी प्रदेशको मुख्यमन्त्रीको दाबी राष्ट्रिय जनमोर्चाले गरेको छ । राजमोको गण्डकी प्रदेशमा ३ सिट छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ता ढाल्न काँग्रेस, माओवादी केन्द्र र राजमोको समिकरण बन्नुपर्छ । राजमोले त्यहाँ मुख्यमन्त्रीको दाबी गरेको छ ।

गण्डकी प्रदेशमा चौंथो ठूलो शक्ति राजमोको मुख्यमन्त्री दाबेदारी केन्द्रमा राजपाले प्रधानमन्त्रीको दाबी गरेको घटना विकास भएकोसँग तुलना गर्न सकिन्छ । राजमोलाई मुख्यमन्त्री दिन तयार भएमा सत्ता समिकरण बन्न सक्छ ।

यसैगरी, राजपालाई प्रधानमन्त्री दिन तयार भए प्रधानमन्त्री ओलीविरुद्ध सत्ता समिकरण बन्न सक्छ । त्यो सम्भावना कम भएपनि टरेको छैन ।

विगतमा प्रतिनिधि सभामा तेस्रो ठूलो शक्तिबाट प्रधानमन्त्री बनेको इतिहास छ । तर, चौंथो ठूलो शक्तिबाट प्रधानमन्त्री बनेको इतिहास छैन । त्यो इतिहास बन्नसक्ने सम्भावना यसपटक देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्