Logo

बञ्चरोले हानेर हत्या गरी १८ वर्षयता फरार कृपाराम पक्राउ



काठमाडौं, ३० चैत्र । बञ्चरो प्रहार गरी हत्या गरी फरार ९ जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृपाराम खटिक छन् । उनीसहित ९ जनाले २०६० कात्तिक १० गते बढतैयामा जितबहादुर क्षेत्रीलाई बञ्चरो हानी हत्या गरेका थिए ।

उनलाई आज जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले बढैयाताल गाउँपालिकाबाट पक्राउ गरेको हो । हत्या पश्चात खटिक भारततर्फ भागको बर्दिया प्रहरीका प्रवक्ता डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

९ वर्ष सम्म भारतको रुपेडिया नानपारालगायतका ठाउँहरुमा मजदुरी गरी बसेका थिए । पछिल्लो ९ वर्षयता रुपैडिया मोहनपुरमा घर बनाई स्थायी बसोबास गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्