Logo

सवारी दुर्घटनामा चार जनाको मृत्यु, वडा अध्यक्ष सहित १८ घाइते



दोलखा, चैत ३१। दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको छ । सामान्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरु घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटनामा परेको थियो।सिंगल क्याविन भएको सामान ढुवानी गर्ने गाडीमा यात्रा गरेकाले बढि मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्