Logo

अश्वेत युवा मारिएपछि अमेरिकाका दुई सहरमा रात्रिकालीन कर्फ्यु



अमेरिका, चैत ३१ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।

त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्