Logo

नयाँ बर्षमा टेलिकमको ‘स्प्रिङ अफर’



काठमाडौं, चैत ३१ । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ।नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ मा उपलब्ध गराइएको छ।

यस्तै १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ। ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ। यसैगरी २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० को अर्को अफर पनि थप गरिएको छ। यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ। यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।

यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १।५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ।विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ डायल गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस्