Logo

ओलीसँग सत्ता समिकरणबारे जसपा केही दिनमा निर्णयमा पुग्ने लक्ष्मणलाल कर्णको खुलासा



काठमाडौं, ३१ चैत्र। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता समिकरणबारे बृहत छलफल भइरहेको खुलासा गरेका छन् । उनले केही दिनमै सत्ता समिकरणबारे ठोस निर्णयमा पुगिने समेत बताए ।

सरकारसँग सकारात्मक वार्ता भइरहेकाले अबको केही दिनमा सत्ता समिकरणको निष्कर्षमा पुग्ने उनको भनाई थियो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले सरकार र जसपाबीच सहकार्य गर्नेबारे बिस्तृतरुपमा वार्ता भइरहेको उल्लेख गर्दै ओलीलाई नै सर्मथन गर्ने संकेत गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नभएर चुनावको पक्षमा लागेको नेता कर्णको आरोप छ । देउवाले प्रतिनिधिसभा विघटनका बेला पनि चुनावकै पक्षमा आन्दोलन गरेको बताउदैं अहिले पनि प्रधानमन्त्री बन्ने दाउमा नरहेको दावी गरे ।



प्रतिक्रिया दिनुहोस्