Logo

ऋषि धमलालाई कर्णको जवाफ : शेरबहादुर प्रधानमन्त्री बन्नै चाहनुभएको छैन, तपाईँ कुन संसारमा हुनुहुन्छ ?



काठमाडौं, ३१ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले आफूहरु र सरकारबीच छलफल भैरहेकोले सहमति हुने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुद्दा फिर्ता लगायत रेशम चौधरीको रिहाईको लागि पनि पहल भएको सुनाए । संविधान संशोधनको लागि कार्यदल बन्ने पनि उनले जानकारी दिए । उनले उक्त कार्यदलमा को को बस्ने ? भन्नेबारे अहिले नाम तय नभएको पनि जनाए ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नै नचाहेको पनि खुलासा गरेका छन् । उनले भने,‘शेरबहादुर देउवा आँफै प्रधानमन्त्री बन्नै खोज्या छैनन्, कहाँ हुनुहुन्छ तपाईँ ? कुन संसारमा हुनुहुन्छ । यो कुरा उहाँको अभिव्यक्तिबाट थाहा हुन्छ । उहाँ कहिले चुनाव होला बसेर बस्नुभएको छ ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीले विश्वासको मत दिने पनि विश्वास दिलाए ।

ओलीसँग सत्ता समिकरणबारे जसपा केही दिनमा निर्णयमा पुग्ने लक्ष्मणलाल कर्णको खुलासा



प्रतिक्रिया दिनुहोस्