Logo

कोरोनाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो : डा. सुन्दरमणि दिक्षित



नागरिक समाजका अगुवा डा.  सुन्दरमणि दिक्षितले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उता, सरकारले पनि भ्रष्टाचार रोक्न नसकेको उनको टिप्पणी छ । उनले भने,‘सरकारले कहाँ भ्रष्टाचार नियन्त्रण गर्यो ? कहाँ सक्यो । जनताले आँफै जे जति गरे, मन्त्रालय भ्रष्टाचारमा डुब्यो । कोरानाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो । संसारमा कहीँ छैन्, यही हाम्रो देशमा भईदियो । यस्तो हाम्रो स्थिति थियो भनेदेखी आज त हाम्रो कमसेकम विमानस्थल र नाकामा म त भन्छु आर्मीलाई नै कन्ट्रोल गर्न देउ, पुलिसले गर्नसक्दैन । काठमाण्डौँ उपत्यकामा कडाई गर भनेकै हौँ ।’ प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हाम्रो देशमा कोरोनाको कहर फेरि बढ्यो है, अब के गर्ने ?

एकातिर जनताले के गर्ने त्यो सोध्नुहोस्, अर्कातिर सरकारले के गर्ने त्यो सोध्नुहोस ।

जनताले के गर्ने सरकारले के गर्ने त, ल बुँदागत रूपमा भन्नुहोस् ?

एक वर्ष अगाडि हामीले जे भनेका थियौं, त्यही गर्ने । त्यही कुरा लागु हुन्छ । हामी सबैले लापरवाही गर्दै हिड्यौं । अहिले आएको कोरोनाको लहर जुन छ नि, यो नेपालभित्र उत्पन भएको हो र ? युरोपबाट उत्पन्न भएको हो । हाम्रो नेपालमा उत्पन्न भएको होईन । भारतमा र युरोपमा धेरै लापरवाही गरेकोले यो अवस्था आएकोे हो । त्यस्तो हामीले गर्नुहँुदैन् । त्यसैले हाम्रो जनताले असाध्यै नै सतर्कता अपनाउने मुख्य रूपमा बिस्का जात्रा मनाएर यत्रो भीड गर्ने बेला थियो र ? भन्नुहोस त ? भन्नेबेला संस्कृति र धर्म बचाउने भन्नछन । मान्छे नै बचेनन् भने संस्कृति र धर्म कहाँबाट बच्छ ? अलिकति त्यसलाई विचार गरेर गर्नुपर्दथ्यो । अब सर्वोच्च अदालतले पनि ड्याम्म आदेश दिइदियो, बिस्का जात्रालाई रोक्न पाईन्न भनिदयो । त्यो पनि सर्वोच्च अदालतले गर्ने कुरा हो पहिले चिार पुर्याउनुपर्छ । विज्ञको टोली बनाउन लगाउनुपर्छ । त्यहाँ सामाजिक दुरी कायम गर्नुपर्छ र गराउनुपर्छ । त्यहाँ ढुङगामुढा नै भएको छ त्यहाँ अनि कोरोनाबाट हामीले कसरी बचाउने भन्नुहोस् त ? जनताले पनि विचार गर्नुपयो नि यी कुरा ।

भेला जताततै भईरहेको छ नि डाक्टर साहेब, नेताहरूले भाषण गरिरहेका छन त, के भन्नुहुन्छ ?

हाम्रो नेताहरूको शिक्षा त्यही त हो नि, हाम्रो नेताहरुलाई देखिहाल्नुभयो । माधवकुमार नेपाल र प्रचण्डले कामनकाजमा दिए ओलीले दनक दिए । उतापट्टी फेरि उनीहरूले नै आन्दोलन । त्यो त उनीहरुले हामीलाई शिक्षा दिए–गर बाबु लापरबाही गर, जे गछौँ गर, जति गर हामीलाई माथि पुर्याइदेउ, तिमीहरु कोरोनाबाट मर्ने भए मर भनेर जनतालाई शिक्षा दिए । त्यो शिक्षा हामीले जनजनमा अपनायौँ । हामी नेताजस्तो बेकुब हुनुहुँदैन । जनताले नेताजस्तो बेकुब हुनहुँदैन् । हामीले जे जे भनेको छ, माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने र भिडभाड नगर्ने । जलनेति प्रयोग गर्ने । सुरुमा तपाईँको रिपोर्टर्स क्लबमा जे बोलेको थिएँ, आजफेरि भन्दैछु । त्यही कुरा अपनाउने तर सरकारले गर्नुपर्ने कुरा असाध्यै महत्वपुर्ण छ । अहिले अब तत्कालै अहिले लकडाउन लगाउनु हुँदैन् । २५ जना भन्दा धेरै भिडभाड नगर भनिदियो चार दिन अगाडि, तर अहिले भिडभाड भईराखेको छ । आँफै पालना गर्न नसक्ने अर्डर दिएर के फाईदा भन्नुहोस् न ?

अहिलेसम्म सरकारले कोरोना नियन्त्रणको लागि जनताको मन जित्न सक्यो कि सकेन ?

कहाँ सक्यो ? जनताले आँफै जे जति गरे । मन्त्रालय भ्रष्टाचारमा डुब्यो । कोरानाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो । संसारमा कहीँ छैन यही हाम्रो देशमा भईदियो । यस्तो हाम्रो स्थिति थियो भनेदेखी आज त हाम्रो कमसेकम विमानस्थल र नाकामा म त भन्छु आर्मीलाई नै कन्ट्रोल गर्न देउ, पुलिसले गर्नसक्दैन् । काठमाण्डौँ उपत्यकामा कडाई गर भनेकै हौँ ।



प्रतिक्रिया दिनुहोस्