Logo

कोरोनाको दोस्रो लहर बढेपछि दिल्लीका मुख्यमन्त्रीद्वारा कक्षा १० र १२ को बोर्ड परीक्षा रद्द गर्न आग्रह



एजेन्सी, ३१ चैत्र । कोरोना भाइरसको दोस्रो लहर भयावह बन्न सक्ने देखिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कक्षा १० र १२ को बोर्ड परीक्षा रद्द गर्न आग्रह गरेका छन् । उनले सेन्ट्रल बोर्ड अफ सेकेन्डरी यजुकेशनलाई परीक्षा रद्द गर्न आग्रह गरे ।

केजरीवालले दिल्लीमा बितेको २४ घन्टाभित्र साँढे १३ हजार नयाँ कोरोना भाइरसका संक्रमित थपिएको र ७२ जनाको मृत्यु भएको उल्लेख गर्दै भयावह अवस्था आउनसक्नेतर्फ सतर्क गराएका छन् । ६ लाख जनाले दिल्लीमा कक्षा १० र १२ को परीक्षा दिने भएका छन् । ४ मेबाट परीक्षा मिति तय गरिएको छ ।

दिल्लीमा युवा उमेरकामा समेत कोरोना भाइरसको संक्रमण बढेको छ । यसलाई दृष्टिगत गरी केजरीवालले युवाहरुलाई सकेसम्म घरमै बस्न आग्रह गरेका छन् ।-फाइल तस्बिरः एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्