Logo

धनगढीका अटो रिक्सामा मेगा बैंकको क्यूआर कोड सेवा



काठमाडौं, ३१ चैत्र । मेगा बैंकले धनगढीका अटो रिक्सामा क्यूआर कोड सेवा सुरु गरेको छ । बैैंकले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् ।

विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्ने व्यवस्था गरेको बताएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट क्युआर कोड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख बरुण शाह, मेगा बैैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति भएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्