Logo

एम्पुल फेनारगन सहित पक्राउ



काठमाडौं, ३१ चैत्र । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन र ५ सय एम्पुल लुपिजेसिक सहित झापा बिर्तामोड नगरपालिका(७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्