Logo

मंगलबार ४ सय ६० जनामा संक्रमण पुष्टि



काठमाडौं, ३१ चैत्र । नेपालमा कोरोना भाइरसका आज ४  सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ३ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्