Logo

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा उपत्यकासहित प्रमुख शहरका विद्यालय एक महिना बन्दको निर्णय हुने खुलासा



काठमाडौं, ३१ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकासहित प्रमुख शहरहरुमा एक महिना विद्यालय बन्द गर्ने निर्णय गर्ने भएको छ । आज स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यसको खुलासा गरेका हुन् ।

आज स्वास्थ्य मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै कोरोना भाइरसको दोस्रो लहर भयावह हुनसक्ने खतरा औल्याउँदै उनले जोखिम रोकथामका लागि मन्त्रिपरिषद्मा एक महिनाभर उपत्यकालगायत प्रमुख शहरका विद्यालय बन्द गर्ने सिफारिश लगेको खुलासा समेत गरे । तर, त्यसबारे छलफल भई निर्णय नलिइसकेको बताए । उनले निर्णय आउनसक्ने समेत बताए ।

विद्यालयलगायत शैक्षिक संस्था बन्द हुँदा मोबिलिटी कम हुने भन्दै बन्दको तयारी भएको हो । आगामी मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिने बुझिएको छ । वैशाखभर विद्यालय बन्द गरेर संक्रमण फैलन नदिने योजना अनुसार सरकार लागेको हो ।

सम्भवतः वैशाखभर विद्यालय बन्द गरी अनलाइन शिक्षा सञ्चालन गर्ने तयारी भएको छ । शहरी क्षेत्रका शैक्षिक संघसंस्थाले त्यस अनुसारको तयारी समेत गरिरहेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्