Logo

प्रदीप गिरीमाथि खनिए विष्णु रिजाल-“संविधानमै नभएको सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ ?”



काठमाडौं, ३१ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले कांग्रेस नेता प्रदीप गिरीले संविधान बचाउन राष्ट्रिय सहमतिको सरकारको माग गरेको विषयमा कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले राष्ट्रिय सहमतिको सरकार संविधानमै नभएको भन्दै त्यस्तो सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

 

उनले नेता गिरीमा २०७२ असोज ३ गते संविधान जारी गर्दा पनि अपूर्व छटपटी भएको आफूलाई झलझली सम्झना भइरहेको पनि स्मरण गराएका छन् । उनले भनेका छन्–”आज विद्वान् सांसद प्रदीप गिरीले ‘संविधान बचाउन’ संविधानमै नभएको ‘राष्ट्रिय सहमतिको सरकार’ को माग गर्नुभएछ । संविधानले संसदीय प्रणाली अवलम्बन गरेको छ, जहॉ सत्ता र प्रतिपक्षको व्यवस्था छ । मैले नबुझेको कुरा- संविधानमै नभएको सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ ? उहॉको आजको मन्तव्य सुन्दा २०७२ असोज ३ गते संविधान जारी गर्दा उहॉमा देखिएको अपूर्व छटपटी झल्झली सम्झना भइरहेको छ ।”



प्रतिक्रिया दिनुहोस्