Logo

सीमामा निगरानीमा जोड दिदै प्रधानमन्त्री ओलीले भनेः म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ?



काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् । उनले सीमामा आवतजावत् गर्दा परिचयपत्रको अनिवार्य व्यवस्था गर्नुपर्ने समेत बताए ।

‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? किन परिचयपत्र बोकेर किन हिँडन सक्दैन मान्छे ?’, मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरे ।

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटानसँग थियो र ?, । यसमा कसैले के भन्छ की भन्नु नपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र ? विगतमा भुटानसँग थियो र ?’, प्रधानमन्त्रीले थपे ।

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने बताए ।
हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दैन आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढ्नसक्छ ।’

देशमा क्रान्ति र पविर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भने, ‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’

द्वन्द्व सकिए पनि अर्को दशक त्यसको असरको अवधि रहेको र ५० वर्षे सम्म त्यसका अवषेश रहिरहने धारणा प्रधानमन्त्रीको थियो ‘तर त्यसको सबै भन्दा खतरनाक पक्ष भनेको मुलुकमा आन्तरिक फाटो सृजना गर्नु रहेको थियो’ । कुनै संस्थालाई ध्वस्त पार्न त्यहाँ भित्र आन्तरिक वैमनस्य सृजना गर्नुपर्छ भनिने गरेको तर्फ औंल्याउँदै उहाँले पार्टीहरु भित्र पनि आन्तरिक द्वन्द्वको स्थित देखिनु राम्रो नभएको समेत बताए । जातीय राज्यका नाममा थुपै सलाईका काँटीहरु झोसिए तर हामीले तत्काल घाँसपात समेत उखेल्ने गरी दमकम प्रयोग गर्यौ ।’

अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि बताए ।
‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो’ , प्रधानमन्त्रीले भने ।

मानिसका अहं तुष्टीका प्रयासबाट शान्तिसम्बन्धी समस्या सुरु हुने पनि प्रधानमन्त्रीले बताए । ‘त्रेता र द्वापर युगमा समेत देखिएका त्यस्ता समस्या अहिले झन खतनाक ढंगले अघि बढेको देखिन्छ’, ओलीको भनाई थियो । अहिले देशले लामो समय देखि रहेका हिंसात्मक राजनीतिक अभ्यास पृथकतावादी अभियानको अन्त्य गरे पनि नयाँ नयाँ चुनौति उत्पन हुनसक्ने खतरातर्फ सचेत रहनु पर्ने बताए ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्