Logo

देउवासँग यादव र भट्टराईले लगे यस्तो प्रस्ताव



काठमाडौं, ३१ चैत्र । सत्ता गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजपार्टी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद सदस्य डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । आज साँझ देउवाको बुढानिलकण्ठस्थित निवासमा दुवै नेता एकसाथ पुगेका थिए ।

भेटमा सत्ता गठबन्धनबारे जसपाका तर्फबाट यादव र भट्टराईले प्रस्ताव लगेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार दुई नेताले जसपा नेतृत्वको सरकार गठनको विकल्पबारे प्रस्ताव लगेका हुन् ।

पछिल्लो समय जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन बनाउने समूह बलियो बनेपछि यादव र भट्टराईले नेतृत्वको विषयमा महत्वपूर्ण प्रस्ताव लगेका हुन् । देउवाले भने आफ्नै नेतृत्वमा सरकार निर्माणको प्रयास गर्दै आएका छन् । जसपाको महन्थ ठाकुर पक्षधरले भने कि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कि ओलीसँग मिलेर जाने विकल्प तयार गरेको छ ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर भने ओलीको विकल्मा सत्ता समिकरण गर्ने पक्षमा छन् । उनीहरु जसपा नेतृत्वको सरकारको पक्षमा रहेपनि लचिलो रुपमा छलफलमा प्रस्तुत हुँदै आएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्