Logo

श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित पक्राउ



पर्सा, १ बैशाख । श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको जनाएको छ । उनीमाथि ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्