Logo

६ केजी गाँजा सहित एक पक्राउ



काठमाडौं, १ बैशाख । अवैध लागूऔषध सहित एकजना मंगलबार राति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी गाउँपालिका-८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको माईक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

त्यस्तै, कटहरिया नगरपालिका–२ बस्ने २३ वर्षीय शेख सैदुला हाक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई करिब १० केजी अवैध लागूऔषध गाँजा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्