Logo

नयाँ वर्षमा नयाँ सरकार बनाउन पहल गर्छौं, कांग्रेसले नेतृत्व लिए हुन्छ : पम्फा भुसाल



नेकपा (माओवादी केन्द्र) की नेतृ तथा सांसद पम्फा भुषालले नयाँ वर्षमा नयाँ सरकार बन्ने विश्वास दिलाएकी छिन् । अजा विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कुराकानीको क्रममा भेनेकी छिन्–‘हामी पहल गर्छौं । हामीले हामीलाई नै चाहिन्छ पनि भनेका छैनौँ । प्रतिगमनविरुद्ध लडेका राजनीतिक दलहरुबाट ठुलो दल नेपाली काँग्रेस् हो । सहमति हुन्छ भने माओवादी केन्द्र त्यसको पक्षमा खडा हुनेछ । यो राजनीतिक अन्यौलता छिटोभन्दा छिटो पराजित भएको प्रतिगमलाई हटाउनका निम्ति हामी छिट्टै सफल बन्न सकौँ ।’ प्रस्तुत छ नेतृ भुषालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नयाँ वर्षमा समस्या र चुनौतिहरु के–के छन ?

गएको वर्ष कोभिडको विश्व महामारी पनि देशले भोग्यो । र, राजनीतिको कोभिड पनि भोग्यो । गएको वर्ष असाध्यै पीडाको वर्ष भयो । चौतर्फी महासंकट र एउटा चुनौनीको वर्ष बन्यो । त्यसमा एक चरणको कोभिड विस्तारै कम भयो । अहिले पनि हामी एउटा संक्रमणको विन्दुमा हामी गुज्रिरहेका छौँ । स्वास्थ्यको हिसाबले पनि फेरि कोभिडको दोस्रो लहर आउदै छ । त्यसैले गएको वर्षको तिता अनुभवहरु समाप्त हुन र यो नयाँ बर्ष २०७८ राजनीतिमा अग्रगमन शक्तिले नेतृत्व गर्नसक्ने परिस्थिति शिघ्र बन्न सकोस । दमनकारी राजनीतिक दलहरुमा त्यो चेत अलि छिटो आओस । सँगसँगै कोभिडको महामारी छ । यसमा सचेतना अपनाउने कुरा छ, अर्कोतिर खोप छिटो ल्याएर सबै उमेर र अवस्थामा लगाउन मिल्नेगरि खोपको व्यवस्था गरोस् । यो महामारीलाई पनि समाधान गर्न सकौँ । राष्ट्र समृद्ध र स्वाधिन हुन सकोस । जनताको बीचमा एउटा आपसी सद्भाव हुन सकोस् । समाजवादतिर जाने एउटा आधार निर्माण हुन सकोस् म सबै नेपालीलाई हार्दिक शुभकामना भन्न चाहान्छु ।

२०७७ सालमा देशले र जनताले जति संकट भोग्यौँ, २०७८ सालमा यी सबै संकटको समाधान गर्न सक्छौ ? जनताले सुख र शान्ति पाउन सक्छन् ? नयाँ सरकार बन्नसक्छ ?

बन्नुपर्छ । अहिले बहस र छलफल त भएको छ, राजनीतिक पार्टीहरुको बीचमा । नेपाली जनता र राष्ट्रबारेमा निर्णय छिटो होस् । राजनीतिक अन्यौलता र प्रतिगमन अझै जसरी भैरहेको छ, हिजो युद्ध र आन्दोलन थियो भने अहिले त्यो बेलाको प्रतिगमनभन्दा कम नभएको स्थिति छ । त्यो भएको हुदा यसलाई हिजो परिवर्तनको आन्दोलनमा लागेका शक्तिहरुले अहिले एकदम छिटो निर्णय गर्नुपर्छ र देशलाई एउटा स्थिरता, अग्रगमन र देशको प्रगति सुख र शान्तिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । आज नयाँ वर्षको पहिले दिन छ । आज वा भोलि नै यस्तो वातावरण बन्न सकोस् ।

त्यसोभए नयाँ बर्षमा नयाँ सरकार बन्छ त ?

हामी पहल गर्छौं । हामीले हामीलाई नै चाहिन्छ पनि भनेका छैनौँ । प्रतिगमनका विरुद्ध लडेका राजनीतिक दलहरुबाट ठुलो दल नेपाली काँग्रेस् हो । सहमति हुन्छ भने माओवादी केन्द्र त्यसको पक्षमा खडा हुनेछ । यो राजनीतिक अन्यौलता छिटोभन्दा छिटो पराजित भएको प्रतिगमलाई हटाउनका निम्ति हामी छिट्टै सफल बन्न सकौँ । मुख्य गरेर राजनीतिक दल र त्यसका नेताहरूलाई अपिल पनि गर्न चाहान्छु । जनताले हेरिराखेका छन । जनताले बुझिराखेका छन् । राजनीति अहिले केही दिनको लागि होईन होला ? हामी समाजवादसम्म जाने भनेका छौँ । स्वतन्त्रता र समानतामा जाने भनेका छौँ । त्यो गम्भिरतालाई सबैले आत्मसात गर्नुपर्छ भन्न चाहन्छु।



प्रतिक्रिया दिनुहोस्