Logo

नायिका ऋचा शर्मा आमा बन्दै



काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् ।

ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ ।’

ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन्,
‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो खुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।“’



प्रतिक्रिया दिनुहोस्